INSEC Online

📅 २०८३ जेष्ठ २१

कास्की कारागारबाट भागेका कैदी गिरफ्तार

कास्की कारागारबाट जेनजी आन्दोलनको क्रममा भागेका दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका– १८ का २७ वर्षीय विशाल भन्ने शेरबहादुर नेपालीलाई प्रहरीले ०८२ कात्तिक ३ गते गिरफ्‌तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्सपेक्टर केशव थापाले जानकारी दिनुभयो ।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका नेपालीलाई बागलुङ नगरपालिका– ६ बागलुङबाट गिरफ्‌तार गरी आवश्यक कारबाहीका लागि कारागार बुझाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

अमृत पौडेल

अन्य

भिडियो