नक्कली भुटानी शरणार्थी मुद्दामा फरार रहेका प्रतिवादी ३७ वर्षीय सन्देश शर्मालाई प्रहरीले ०८२ असोज १९ गते ललितपुर महानगरपालिका–२, बखुन्डोलबाट गिरफ्तार गरेको छ । जेन्जी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँबाट भागेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवम् सूचना अधिकारी चक्र राज जोशीले बताउनु भयो ।
दाङको तुलसीपुर–१६ स्थायी घर रहेका शर्मा ०७६ कात्तिक ३ गते सामूहिक बलात्कार अभियोगमा गिरफ्तार भइ पीडितलाई प्रलोभनमा पारेर बयान फेर्न लगाएर रिहा समेत भएको प्रहरीको अभिलेख रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो उनी विरुद्ध काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत मानव बेचबिखन तथा ठगीसम्बन्धी मुद्दा दर्ता भएको थियो। प्रहरीका अनुसार, उनले अमेरिकी पुनर्वास कार्यक्रमका नाममा नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा पठाउने उद्देश्यले ठगी गरेको अभियोग छ ।
दीपकप्रसाद घिमिरे