INSEC Online

📅 २०८३ जेष्ठ २१

४ सय ९५ घरधुरीलाई खानेपानीको समस्या

शारदा नगरपालिका–१३ स्थित लिफ्ट खानेपानीको ट्रान्समिटर मिटर लगायतका सामग्रीमा चट्याङले क्षति पुर्याएपछि ४ सय ९५ घरधुरीलाई खानेपानीको समस्या भएको छ । स्यानीखाल, चलाउनेपानी, लेखटाकुरा, बाग्मारे, सल्यानचौर, अत्तरकाडा, साजखर्क, जोगीचौरका बासिन्दालाई लिफ्ट मार्फत खानेपानीको व्यवस्था गरिँदै आएको थियो ।

असार ६ गते राति परेको चट्याङले लिफ्ट खानेपानीको उपकरण क्षति हुँदा  स्थानीयहरु घण्टौं हिँडेर पानी ल्याउन बाध्य भएको लेखटाकुराकी ४२ वर्षीया कमला बुढा मगरले बताउनु भयो ।

Photo 2025-06-17 Salyan

चट्याङका कारण खानेपानी आपूर्ति असार ७ देखि बन्द भएको खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष तुलसीराम रावतले जानकारी दिनुभयो । एउटा मेसिन समूहले पैसा उठाएर किनिसकेको र अन्य उपकरण निर्माण कम्पनीले किन्ने तयारी रहेको उहाँले बताउनु भयो ।

वडा नम्बर १३ का वडाध्यक्ष जंगबहादुर बुढाले बिग्रेको मेसिन तत्काल बनाउन सम्बन्धित कार्यालय तथा निर्माण कम्पनीलाई ताकेता गरिरहेपनि सुनुवाई नभएको गुनासो गर्नुभयो । उहाँका अनुसार २०७९÷०८० मा खानेपानी तथा ऊर्जा विकास कार्यालय सल्यानले ६ करोड रुपियाँ लगानीमा उक्त आयोजना सम्पन्न गरिएको थियो ।

अन्य

भिडियो