INSEC Online

📅 २०८३ जेष्ठ २१

तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा सात जना गिरफ्तार

जेन्जी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते काभ्रेमा विभिन्न सरकारी तथा नीजि भवन र सम्पति तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले कात्तिक १४ गते सात जनालाई गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएकाहरुमा पनौती नगरपालिका–३ का अनिष सापकोटा, सोही नगरपालिका– ८ का सुमन केसी, सोही नगरपालिका– १० का साकार केसी, सोही नगरपालिका– २ का स्यान्जि भन्ने सुवाष तामाङ, बेथानचोक गाउँपालिका–६ का समिर तामाङ, सोही गाउँपालिका– ३ का चिउरे भनिने होमप्रसाद तिमल्सिना र महाभारत गाउँपालिका–४ का ङेमासाङ मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन विष्टले बताउनु भयो ।

पनौती नगरपालिका–३ का अनिष सापकोटा विरुद्ध यसअघि समेत मुद्दा दर्ता भएको थियो । २०७२ सालमा अभद्र व्यवहारमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

बेथानचोक गाउँपालिका–३ का होमप्रसाद तिमल्सिनाविरुद्ध पनि ०८१ सालमा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएको छ । पनौती नगरापलिका–२ का सुवास तामाङ विरुद्ध तीनपटक चोरी मुद्दा दर्ता भएको छ ।

गिरफ्तार गरिएकाहरुमाथि काभ्रेपलान्चोक जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा सात दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको हिरासत कक्षमा राखि अनुसन्धान भइरहेको छ ।

सुमित्रा आचार्य

अन्य

भिडियो