१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–७ का २५ वर्षीय पारस यादवलाई पुस ८ गते गिरफ्तार गरेको छ ।
पीीडतलाई आरोपितले साउन ४ गते बलात्कार गरेको भन्दै अभिभावकको सहयोगमा पुस ८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको अस्पतालले जनायो ।