INSEC Online

📅 २०८३ जेष्ठ २१

परियोजना परिचयात्मक तथा बाल अधिकार चेतना समुह गठन सम्पन्न

इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा भदौ २७ गते बेलौरी नगरपालिकामा सम्पन्न भएको भेलाले भदौ २७ गते मानव अधिकार समुह गठन गरेको छ ।

इन्सेकले कञ्चनपुर जिल्लामा सञ्चालन गर्न लागेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत लक्ष्मी माविमा आयोजना गरेको परियोजना परिचय तथा बालअधिकार चेतना समुह गठन सम्पन्न भएको हो ।

photo20220913kanchanpur (1)

बेलौरी नगरपालिका–२ जबदियास्थित श्री लक्ष्मी माविमा कक्षा नौमा अध्ययनरत छात्रा भावना रानाको अध्यक्षतामा १३ सदस्यीय बाल अधिकार चेतना समुहको गठन गरिएको लक्ष्मी माविका मानव अधिकार संरक्षक शिक्षक बुद्धिप्रसाद शर्माले बताउनु भयो ।

यसैगरी भदौ २६ गते बेलौरी नगरपालिका–३ खिरियास्थित श्री जनजागृति पुष्पलाल स्मृति माविमा कक्षा नौमा अध्ययनरत छात्रा एलिजा चौधरीको अध्यक्षतामा १३ सदस्यीय बाल अधिकार चेतना समुहको गठन गरिएको जनजागृति पुष्पलाल स्मृति माविका संरक्षक शिक्षक खडककुमारी रेग्मीले बताउनु भयो ।

यसै गरी इन्सेको सहयोगमा लालझाडी गाउँपालिका–१ नौरंगास्थित श्री शारदा माविमा कक्षा नौमा अध्ययनरत छात्रा आरति सेटीको अध्यक्षतामा भदौ २१ गते १३ सदस्यीय र भादौ २३ गते लालझाडी गाउँपालिका कै वाड नम्बर २ कञ्जस्थित भानु माविमा कक्षा नौ का छात्र राघबदेब तिरुवाको अध्यक्षतामा १५ सदस्यीय बाल अधिकार चेतना समुहको गठन गरिएको इन्सेक कञ्चनपुर जिल्ला सहजकर्ता कैलाश पनेरुले बताउनु भयो ।

photo20220913kanchanpur (2)

चालु आर्थिक वर्षमा कञ्चनपुर जिल्लाका कार्यक्रम सञ्ंचालित विद्यायालयहरुमा बाल अधिकार सिबिरहरु, बाल अधिकार चेतना समुहका प्रदेश तथा संघ स्तरी संञ्जालहरु, फोरम थ्रिएटर कार्यशाला, जातीय विभेद, लैङ्गिक विभेद विरुद्ध र वातावरण प्रदुषण विरुद्ध सडक नाटक प्रदर्शन लगायतका कार्यक्रमहरु आयोजना गरिने इन्सेक सहजकर्ता पनेरुले बताउनु भयो ।

अन्य

भिडियो