मुसिकोट नगरपालिका– ४ बडागाउँ स्वास्थ्य चौकीको लु २ च २३७८ एम्बुलेन्समा अज्ञात पक्षले फागुन ४ गते राती आगजनी गरेको छ ।
आगलागी भएको हो । को एम्बुलेन्समा राति साढे १० बजे अज्ञात पक्षले आगलागी गरेको चालक जानकारी दिनुभयो ।
भारतीय भुतपूर्व सैनिकको सहयोगमा वडागाउँ स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको थियो ।
मुसिकोट नपा– ४ डाँडाथोक घरमा रोकेर राखेको एम्बुलेन्समा आगजनी गरेको एम्बुलेन्सका चालक शंकर बगालेले बताउनु भयो । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको चालक बगालेले बताउनु भयो ।
वामी प्रहरी चौकीका इन्चार्ज सइ जनक थापाले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।
संयुक्त एम्बुलेन्स सञ्चालन संघका सचिव युवराज बस्नेतले चालक माथि कुटपिट हुने र आगजनी हुने अवस्था आएकाले प्रशासनले सुरक्षाको पूर्ण प्रत्याभुति नगराए काम गर्ने स्थिती नभएको प्रतिक्रिया दिनुभयो ।