सन्धिखर्क नगरपालिका– ११ डिभर्ना अमिले गाउँका जनताहरूलाई स्वास्थ्य संस्था टाढा हुदाँ स्वास्थ्य सेवा लिन समस्या परेको छ ।
वडा सदस्य रुपा बिकका अनुसार अमिले गाउँबाट स्वास्थ्य चौकी पुग्न दुई घण्टाको बाटो हिड्नु पर्छ । औषधि उपचार तथा प्रेसर चेक गर्नसमेत सेवा लिन पनि गाँउमा १ सय ८० घर परिवार भन्दा बढी छन् ।
अमिले गाउँ भौगोलिक हिसाबले अत्यन्तै बिकट छ । स्वास्थ्य संस्था टाढा भएकोले सेवा ग्राहीहरू सेवा लिन जान ढुङ्गा पहिराको जोखिम मोल्नु पर्ने स्वास्थ्य स्वयम् सेविका रिता कुंवर बताउनु भयो । उहाँका अनुसार आफूसँग सधै औषधि नहुदाँ सेवा ंदिन सकिदैन ।
सन्धिखर्क नगरपालिका–११ का वडा अध्यक्ष ध्रुबराज आचार्यका अनुसार अमिले यस वडाको हिमाल पारीको गाउँ भनेर बुझिन्छ । त्यहाँका जनसमुदाय तथा सेवा ग्राहीले स्वास्थ्य सेवाका लागि निकै समस्या भोग्नु परेको छ ।
सामुदायिक स्वास्थ्य केन्द्र बनाउन वडामा छलफल प्रयास गरिरहेका छौं । सन्धिखर्क नगर स्वास्थ्य शाखा प्रमुख पूर्णप्रसाद पराजुलीका अनुसार एउटै वडामा दुई वटा स्वास्थ्य संस्था राख्न नमिल्ने भएकोले समस्या परेको बताउनु भयो ।