२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नगरपालिका– ७ का ४८ वर्षीय किरणकुमार घिमिरेलाई पुस ३ गते आवारोडबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले प्रलोभन देखाएर मङ्सिर १७ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले आरोपित विरूद्ध मङ्सिर १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १८ गते भीम अस्पताल भैरहवामा गरिएको थियो ।
यसैगरी, पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका– १५ मधौलियाका १९ वर्षीय अनिरुद्ध थारूलाई पुस ३ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस ३ गते प्रलोभन देखाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएका थियो ।