INSEC Online

📅 २०८३ जेष्ठ २१

आरोपित गिरफ्तार गर्न प्रहरीद्वारा गोली प्रहार

सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका ३ बस्ने २८ वर्षीय विष्णु लामालाई गिरफ्तार गर्न प्रहरीले पुस २७ गते गोली चलाएको छ ।

काठमाडौंको बौद्धमा आरोपित लामालाई नियन्त्रणमा लिनका लागी गोली चलाइएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी रमेश बहादुर सिंहले जानकारी दिनुभयो ।

लामाको बायाँ गोडाको पिडुल्लामा गोली लागेको र उनको उपचारका लागी काठमाडौँको वीर अस्पतालमा लगिएको डीएसपी सिहंले बताउनुभयो । प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ । त्यस्तै, २०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिलाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि तामाङमाथि छ ।

अन्य

भिडियो