INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी आन्दोलनमा मृत्यु भएका दोलखाका दुई जनालाई सहिद घोषणा

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरु मध्ये ४५ जनालाई सरकारले ०८२ कात्तिक १७ गते शहीद घोषणा गरेकोमा दोलखाका दुई जना शहीद घोषणा भएका छन् ।

सहिद घोषणा गरिएकाहरुमा दोलखाको शैलुङ गाउँपालिका–४ का अभिषेक चौलागाई र विगु गाउँपालिका–३ का महेश बुढाथोकी रहेका छन् । आन्दोलनका क्रममा दोलखाका तीन जनाको मृत्यु भएपनि दुई जनालाई मात्रै सहिद घोषणा गरिएको हो ।

उद्धब पोखरेल

अन्य

भिडियो