INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडित इन्सेकको सहयोगमा घर फर्किइन्

घरेलु हिंसामा परेकी त्रिपुरासुन्दरी नगरपालिका-२ कि २५ वर्षीया गीता सुनार पाँच महिनापछि  ०७५ वैशाख ६ गते इन्सेकको सहयोगमा घर फर्कन सफल भएकी छन् ।

परपुरुषसँग सल्केको भन्दै पति ३६ वर्षीय प्रेम सुनारले चिरपट र लात्तीले कुटपिट गरि रातारात घर निकाला गरेपछि माइतीमा बस्दै आएकी सुनार इन्सेकको सहजीकरणमा आफ्नो घर फर्कन सफल भएकी हुन् ।

पीडितले इन्सेक प्रतिनिधिलाई ०७४ चैत २९ गते सहयोगका लागि निवेदन दिएकी थिइन् । इन्सेक प्रतिनिधिले प्रहरी चौकी त्रिपुराकोटमा वैशाख ५ गते घटनाका बारेमा जानकारी गराई आवश्यक पहल गर्न अनुरोध गरेबमोजिम प्रहरीले आरोपित र पीडितबीच छलफल गरी मेलमिलाप गराएको थियो ।

प्रहरी चौकी त्रिपुराकोटमा प्रहरी इन्चार्ज रोमहर्ष सिलवाल, न्यायिक समितिका सदस्य छक्क धरला, अन्तरपार्टी महिला सन्जालकी अध्यक्ष काली चलाउने र दलित आन्दोलन अगुवा मनबहादुर सार्कीलगायतको उपस्थितिमा मिलापत्र भएको हो ।

अन्य

भिडियो