भरतपुर महानगरपालिका-१० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि नचिनेका व्यक्तिले आक्रमण गरेका छन् ।
चैत २७ गते दिउँसो ४ बजेको समयमा भरतपुर मनपा-३ नारायणगढ बजारमा रहेको सिद्धि आयल स्टोरमा गाडीमा तेल हाल्ने क्रममा स्कुटरमा आएका दुईजनाले डिजल छर्केर आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
बा १० च २५९२ नम्बरको उनको गाडी लक्षित गरी ढुङ्गा हानिएको समेत प्रहरीले जनाएको छ । क्षति भने नभएको प्रहरीले जनाएको छ । आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित भण्डारीको उपचार भरतपुर अस्पतालमा गरिएको छ ।