धनुषाधाम नपा-९ धारापानीमा चैत २२ गते बिहान ९ बजे बम विष्फोटमा परी सोही ठाउँकी ७० वर्षीया तिथिमाया तामाङ घाइते भएकी छिन् ।
धारापानी आर्मी ब्यारेक नजिकै पान परागको बट्टामा राखिएको वस्तु विष्फोट हुँदा तामाङ घाइते भएकी जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रवीण धितालले जानकारी दिए ।
उनको उपचार स्थानीय स्तरमा सम्भव नभएपछि थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उक्त विष्फोट कसले र किन गराएको हो सो खुल्न सकेको छैन ।