३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भुमिकास्थान नगरपालिका-३ का ५६ वर्षीय प्रेमप्रसाद बञ्जाडेविरूद्ध चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडित महिलालाई आरोपितले चैत ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत १२ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएको थियो ।
आरोपित बलात्कार पछि फरार रहेकाले खोजी कार्य जारी रहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सई माधव भण्डारीले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १२ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जानकरी दिएको छ ।