INSEC Online

📅 २०८३ जेष्ठ ३०

नेकपा कास्कीद्वारा जनप्रतिनिधिको राजीनामा माग

पोखरा-लेखनाथ मनपालगायत कास्कीका सबै गाँउपालिकाका जनप्रतिनिधिहरूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले पत्र पठाई राजीनामा माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी कास्कीले गठन गरेको जनपरिषद कास्कीका अध्यक्ष रामकाजी गुरुङद्वारा चैत १२ गते हस्ताक्षरित पत्रमार्फत राजीनामा माग गरिएको हो ।

पोखरा-लेखनाथ मनपाका मेयर मानबहादुर जिसीलगायत महानगरपालिका तथा सबै गाउँपालिकाका जनप्रतिनिधिलाई सम्बोधन गरी राजीनामा माग गरेको पत्रमा स्थानीय सरकार बनेको नौ महिना बितिसक्दा समेत जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, जनविरोधी कार्य गरेको, घोषणा पत्र अनुसार काम नगरे आरोप छ ।

अन्य

भिडियो