मन्त्रीपरिषद बैठकले हालै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहको निर्वाचनमा बम विष्फोट तथा महिला हिंसाका घटनामा परी घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
चैत १२ गते बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषदको निर्णय अनुसार हालै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहको निर्वाचनमा बम विष्फोटका घाइते तथा महिला हिंसाका घटनामा परी घाइते भएकाहरूको उपचार खर्च सरकारले दिने निर्णय भएको जानकारी दिए ।