INSEC Online

📅 २०८३ जेष्ठ २१

विपन्न वादी परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग

आर्थिक अभावले गिट्टी कुटेर जिविका चलाइरहेका शैल्यशिखर नपा-९ गोकुलेश्वरका वादी परिवारलाई इन्सेक दार्चुलाले आर्थिक सहयोग गरेको छ । विद्यालय जान कापी कलम किन्न सहयोग पुगोस् भन्नको लागि सोमबार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

इन्सेक दार्चुलाका प्रतिनिधि नरेन्द्रसिंह कार्कीले २६ वर्षीया जानकी दमाईको बालबालिकालाई आर्थिक सहयोग गरेका हुन् । अढाइ वर्षअघि बुवा जगदीश दमाईको मृत्यु भएपछि आर्थिक अभाव झेल्दै आएका तीन जना बालबालिकाको कापी कलम खरिद गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले सहयोग गरिएको हो ।

दमाईका तीन छोराछोरी छन् । ११ वर्षीय नमराज कक्षा २, सात वर्षीय अजय कक्षा १ र तीन वर्षीया कलावती शिशु कक्षामा पढ्छिन् ।

‘आफ्नो घर छैन । अहिले गोकुलेश्वरको चौलानी किनारमा गिट्टी कुटेर दैनिक छाक टार्ने गरेकी छु उनले भनिन् । पतिको मृत्युपछि घरमा झनै समस्या भयो ।’-जानकीले भनिन् ।

अहिले दमाइ परिवार चौलानी किनारमा हिक्मत चन्दले दिएको जमीनमा बसिरहेका छन् । अगाडि चौलानी नदी छ । बर्खायाममा बस्न समस्या हुन्छ । ‘अर्को ठाउँ जान जग्गा जमीन छैन । दिनभर एक कठ्ठा गिट्टी कुटेर बिहान बेलुकीको छाक टार्न चामल किन्नु पर्छ ।’-जानकीले भनिन् ।

‘छोराछोरीको लुगाफाटो, कापी कलम जोहो गर्न झनै समस्या भइरहेको छ । इन्सेकले गरेको सहयोगले छोराछोरीको कापी कलममा खर्च गर्छु’-उनले भनिन्-‘अहिलेसम्म सहयोग गर्छौँ भनेर धेरै आए । तर, सहयोग गरेनन् ।’-उनले भनिन् ।

1

1

1

1

1

1

अन्य

भिडियो