INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपाको बन्दका दिन अज्ञात समूहद्वारा ट्याक्टरमा आगजनी

चैनपुर नपा-४ मा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेका छन् । नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको अबज्ञा गरेको भन्दै को २ त ४६६३ नम्बरको ट्याक्टर चैनपुर नपा-४ दोभाने नजिकै चैत ११ गते बिहान ८ बजे पाँचखपन नगरपालिका जलजला जाँदै गर्दा आगजनी गरेका थिए ।

पाँचखपन नगरपालिका पुग्न लाग्दा एक्कासी ट्याक्टरमाथि ढुङ्गामुढा प्रहार भएपछि चालकले ट्याक्टर रोकको र चार-पाँच जनाको समूहले चालकलाई ओरालेर आगो लगाइदिएको चालक शुक्र लिम्बुले बताए । आगो लगाउने मान्छेको पहिचान गर्न नसकेको उनले बताए । प्रहरीले आगो लगाउने समुहको खोजी तीब्र पारेको जनाएको छ । गाडी पूर्ण रुपमा जलेपनि मानवीय क्षति भने भएको छैन ।

अन्य

भिडियो