INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन गरेको कसुरमा १५ वर्ष कैदको फैसला

मानव बेचबिखन तथा ओसारपसारमा चार वटा फरकफरक मुद्दामा हाँडिखोलाकी २५ वर्षीया उर्मिला तामाङलाई चितवन जिल्ला अदालतले १५ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश विष्णुप्रसाद उपाध्यायको चैत ६ गतेको इजलासले विभिन्न चार वटा घटनामा संलग्न रहेको प्रमाणित गर्दै तामाङलाई १५ वर्ष कैद सजाय र ६० हजार रुपियाँ जरिबानाको फैसला गरेको हो ।

पहिलो मुद्दामा दुई वर्ष दोस्रोमा ११ वर्ष तेस्रोमा १२ वर्षर चौथो मुद्दामा १५ वर्ष कैद सजाय सुनाइएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।

सबै मुद्दामा कैद सजाय जोड्दा ४० वर्ष हुन्छ । तर, सबै भन्दा बढी सजाय १५ वर्ष रहेकाले उर्मिलाले १५ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने पौडेलले बताए । यसै घटनाका अन्य दुई जना आरोपितले भने सफाइ पाएका छन् ।

पीडित युवतीलाई आरोपितले नयाँ दिल्लीमा पुर्‍याएर जबरजस्ती यौन कार्यमा लगाएको आरोप रहेको थियो ।

०७३ भदौ महिनामा दिल्लीमा रहेका एक नेपाली युवाको सहयोगले आफू भागेर नेपाल आउन सफल भएको उनले प्रहरीमा दिएको बयानमा उल्लेख छ ।

अन्य

भिडियो