INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा १० वर्ष ६ महिना कैदको फैसला

आठ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा रामपुर नपा-४ रामपुरका ५५ वर्षीय टेकप्रसाद कँडेललाई जिल्ला अदालत पाल्पाले फागुन २७ गते दोषी ठहर गर्दै १० वर्ष ६ महिनाको कैद सजाय सुनाएको छ ।

न्यायाधीश शङ्कर बरालको इजलासले आरोपितलाई कैद सजायसँगै ३५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको जिल्ला अदालत पाल्पाका श्रेस्तेदार सुवर्ण खनालले बताए ।

पीडित बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा १० वर्ष र पीडित बालक भएकोले थप ६ महिना कैद सजाएको फैसला भएको श्रेस्तेदार खनालले बताए ।

पीडित बालकलाई आरोपितले ०७३ कात्तिक १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले ०७३ कात्तिक २९ गते प्रहरीमा उजुरी दिएको थियो ।

अन्य

भिडियो