INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तर्राष्ट्रिय महासन्धि पारित गर्न बेपत्ता परिवार राष्ट्रिय सञ्जालको माग

सशस्त्र द्वन्द्वको क्रममा (२०५२-२०६३) राज्य र बिद्रोही पक्षद्वारा बेपत्ता पारिएका परिवारजन तथा पारिवारिक सङ्गठनहरूको राष्ट्रिय प्रतिनिधी संस्था बेपत्ता परिवार राष्ट्रिय सञ्जालले संयुक्त राष्ट्रसङ्घद्वारा जारी बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि-२००६ तत्काल अनुमोदन गर्नु पर्नेलगायतका मागसहित ११ बुँदे ललितपुर घोषणापत्र जारी गरेको छ ।

‘द्वन्द्वको क्रममा बेपत्ता पारिएकालगायत गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य उजागर गर्ने, सामाजिक न्याय प्रदान गर्ने, विस्तृत परिपुरण तथा पुनःनदोहरिने सुनिश्चितता गर्न, बेपत्ता आयोगले खेल्न सक्ने भूमिकाप्रति सचेततापूर्वक साझेदारी गर्दै आएका छौँ । तर, अहिलेको काम गराईले हाम्रो चित्त बुझेको छैन ।’-सञ्जालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘आयोगले विस्तृत अनुसन्धान तथा परामर्श बिना बेपत्ता परिवारले दर्ता गरेका ४ सय १४ उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएकोमा गम्भिर ध्यानाकर्षण गर्दै, उक्त अपरिपक्व/अव्यवहारिक निर्णय फिर्ता लिई उजुरीहरू उपर पुनःछानबिन गरी परिवारलाई जानकारी गराउनु पर्छ ।’-विज्ञप्तिमा भनिएको छ ।

अन्य

भिडियो