INSEC Online

📅 २०८३ जेष्ठ २१

सिरियामा हिंसा एवम् आक्रमण तत्काल रोक्न अपिल

सिरियामा सत्ता हानथापका क्रममा भइरहेका आक्रमणबाट लाखौँ सर्वसाधारण सिरियाली नागरिकहरू माथि पुर्‍याएको अकल्पनीय क्षतिप्रति जबाफदेहीता निगरानी समितिले घोर निन्दा तथा भत्सर्ना गरेको छ ।

सिरियामा देशमा भइरहेका मानवीय एवम् भौतिक क्षति तत्काल रोक्न र संयुक्त राष्ट्रसङ्घले पारित गरेको युद्घ विराम लागु गर्न सिरियाका सत्तापक्ष र विपक्षी समूहहरूका साथै संयुक्त राष्ट्रसङ्घसँग निगरानी समितिले फागुन १६ गते विज्ञप्तिमार्फत माग गरेको हो ।

‘सन् २०११ देखि त्यस देशमा चलेको गृहयुद्घले हालसम्म चारलाख भन्दा बढी नागरिकको ज्यान गएको र १ करोड भन्दा बढी व्यक्तिहरु शरणार्थी तथा विस्थापित भएका छन् । आधुनिक विश्वको लागि सिरियामा दिनानुदिन भएका यी हिंसा तथा बर्वताका घटना लज्जाबोधको विषय भएको छ । यो मानवीय संवेदनशीलता प्रतिको शुन्यताको अवस्था हो ।’-विज्ञप्तिमा उल्लेख छ ।

‘विभिन्न राष्ट्रशक्ति केन्द्रका आडमा त्यहाँ भइरहेका कलिला बालबालिकासमेत आमनागरिक प्रति लक्षित आक्रमण, मानवता विरुद्धका अपराध तथा युद्ध अपराधका घटना तत्काल रोक्न सङ्गबन्धित पक्षलाई हामी जोडदार माग गर्दछौं ।’- विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ-‘नेपाल सरकारसमेतले सिरियाली नागरिकका पक्षमा अन्तर्राष्ट्रिय मंचमा जोडदार आवाज उठाउन अपिल गर्दछौं । साथै सिरियाली युद्घरत सरकार र विपक्षी पक्ष जवाफदेही भएर आफ्नो नागरिकका हित र रक्षालाई ध्यानमा राखी तत्काल युद्घविरामको पालना गर्दै मुलुकमा स्थायी शान्तिका लागि दुवैपक्ष पहल होस भन्ने आग्रह गर्दछौं ।’

अन्य

भिडियो