INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा चार वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरको फागुन २ गते बसेको बाल इजलाशले १५ वर्षीय बालकलाई चार वर्ष कैद गर्ने फैसला गरेको छ ।

साथै अदालतले ४० हजार रुपियाँ पीडकबाट पीडित बालिकालाई क्षतिपूर्ति भराउने आदेश समेत गरेको छ । न्यायाधीश खडानन्द तिवारीको इजलाशले यस्तो फैसला गरेको हो ।

पीडित बालिकालाई ०७३ चैत ७ गते हेटौँडामा ल्याएर बलात्कार गरेको भन्दै पीडितका आफन्तले चैत ८ गते जिल्ला प्रहरी कार्यालय हेटौडामा उजुरी दिएका थिए ।

पीडकलाई ०७३ चैत ८ गते नै प्रहरीले हेटौँडाको एक होटलबाट गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७३ चैत ८ गते हेटौडा अस्पतालमा गरिएको थियो । कैद तोकिएका बालकलाई भक्तपुरस्थित बालसुधार गृहमा राखिएको छ ।

अन्य

भिडियो