INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजान लागेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरका २७ वर्षीय लक्ष्मण गुप्तालाई माघ २९ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीले आफूलाई माघ २८ गते विक्रीका लागि भारततर्फ लैजान लागेको आरोप लगाउँदै माघ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य

भिडियो