INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका भारत मोतीहारी स्थायी घर भई हाल भरतुर मनपा-५ बस्ने ५० वर्षीय सुमन शाहलाई जिल्ला अदालत चितवनले आठ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश वासुदेव न्यौपानेको इजलासले उक्त सजाय सुनाएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितिले असोज १४ गते बलात्कार गरेको आरोपमा पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा असोज १७ गते जाहेरी दिएकी थिइन् । प्रहरीले आरोपीतलाई असोज १६ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो