INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला स्वास्थ्य प्रमुखमाथि नेकपा कार्यकर्ताद्वारा दुर्व्यवहार

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डक्टर कौशल अलीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले माघ १९ गते दुर्व्यवहार गरेका छन् ।

सुत्केरीको उपचार गर्न रास्कोट नगरपालिका पुगेका अलीलाई नेकपाका जिल्ला सदस्य ललिजङ्ग शाहीको नेतृत्वमा आएको समूहले मोसो दलेर दुर्व्यवहार गरेको हो ।

सान्नी त्रिवेणी गाउँपालिका-४ का १८ वर्षीया जमुना सहकारी प्रसूति हुन नसकेपछि उपचार गर्न गएका डक्टर अलीलाई भष्टचार गरेको आरोपमा मोसो दलेका हुन् ।

प्रसूति हुन नसकेर सहकारीको १८ गते मृत्यु भएको सहायक जिल्ला प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए ।

अन्य

भिडियो