१५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत सिरहाले गोलबजार नपा-५ का ५५ वर्षीय चन्दर साहलाई ६ वर्ष कैद तथा ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ ।
न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले माघ १५ गते सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए ।
पीडित बालिकालाई आरोपितले ०७४ वैशाख १५ गते देखि पटकपटक बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा जेठ २६ गते उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ २६ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाले आरोपितलाई जेठ २६ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित असार १९ गते देखि पुर्पक्षको लागि थुनामा रहेका थिए ।