सिमकोट गाउँपालिका-६ का १९ वर्षीय नैनसिंह परियारलाई जातीय विभेद गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय रूपसिङ रावत र ३० वर्षीय सुशील रोकायालाई प्रहरीले पुस २७ गते गिरफ्तार गरेको छ ।
आफू घरमा रहेको अवस्थामा पुस २७ गते रूपसिङ र सुशीलले दलित भन्दै कुटपिट गरेको नैनसिंहले आरोप लगाएका छन् । रूपसिङ र सुशीलले नैनसिंहलाई कुटपिट गरेको नैनसिंहका बावु वृष परियारले बताए ।
जातीय विभेद गर्दै कुटपिट गरेको घटनाका आरोपितलाई कारबाहीको माग गर्दै पीडित पक्षले पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपित दुवै जनाका अनुसार आफूले धकेलपकेल मात्र गरेको बताए । यस विषयमा अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका मुद्दा फाँटका प्रमुख धनन्जय न्यौपानेले बताए ।
जिल्ला जनस्वाथ्य कार्यालयमा पीडितको उपचार भइरहेको डा. रञ्जित कुमार यादवले बताए । डाक्टर यादवका अनुसार बिरामीको टाउकोमा गहिरो चोट लागेको छ ।