पुस २६ गते बुधबारका लागि पेशी तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा २० औँ पटक पुनः अर्को पेशी मिति तोकिएको छ ।
चितवन अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार ०७४ फागुन १३ गते आइतबारका लागि पेशी चढेको छ । यस मुद्दा हेर्ने न्यायाधीश कुलप्रसाद शर्मा विदामा रहेकाले पेशी पुन सरेको जानकारी दिइएको छ ।
विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुवा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका थिए ।
त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । अधिकारीको हत्या २०६१ जेठ २४ गते अपहरण पछि भएको थियो ।