११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चितवन जिल्ला अदालतले रत्ननगर-१२ बस्ने २९ वर्षीय करण घिमिरेलाई १० वर्ष कैद गर्ने फैसला गरेको छ । साथै अदालतले घिमिरेबाट ५० हजार रुपियाँ क्षतिपूर्ति पीडितलाई भराउन समेत फैसला गरेको छ ।
न्यायाधीश सुर्यबहादुर थापाको इजलासले पुस १७ गते यस्तो फैसला गरेको अदालतका सूचना अधिकारी केशव पौडेलले बताए ।
पीडित बालिकालाई आरोपितलाई ०७३ पुस २ गते बलात्कार गरेको आरोपमा ०७३ पुस ३ गते घिमिरे गिरफ्तारीमा परेका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ४ गते भरतपुर अस्पतालमा भएको थियो । जिल्ला अदालतको ०७३ पुस २५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा गएका घिमिरेलाई १ वर्षपछि उक्त सजाय सुनाइएको हो ।