राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश पुस १४ गते प्रमाणीकरण गरेकी छन् ।
सरकारले राष्ट्रियसभाको निर्वाचन एकल सङ्क्रमणीय निर्वाचन प्रणालीद्वारा गर्ने निर्णय गर्दै सोसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो । तर, राजनीतिक दलहरूको विवादका कारण राष्ट्रपतिले सो अध्यादेश प्रमाणीकरण नगरी सहमति एवम् सहकार्यका साथ अगाडि बढ्न आग्रह गर्दै आएकी थिइन् ।