INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा मोरङ्ग कारागारको अनुगमन

इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाको प्रतिनिधिले ०८२ भदौ १३ गते जिल्ला कारागार मोरङ्गको अनुगमन गरेका छन् ।

इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलको नेतृत्वमा सिविन नेपाल, ओरेक नेपाल, माइती नेपाललगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिले जिल्ला कारागार मोरङ्गको अनुगमन गरेका हुन् ।

कारागारमा एकपछि अर्को गर्दै कैदीबन्दी तथा थुनुवाको मृत्यु हुने क्रम बढेपछि कारागारको अवस्थाका बारेमा जानकारी लिन अनुगमन गरिएको इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले बताउनु भयो ।

कारागारका जेलर गौरव ढुङ्गेलसँग कारागारमा नियमितजस्तो कैदीबन्दी वा थुनुवा मृत्यु हुनुको कारणसहित कारागारको भौतिक अवस्थाका बारेमा जानकारी लिएको प्रदेश संयोजक पोखरेलले बताउनु भयो ।

अनुगमन टोलीसँग कारागारका जेलर ढुङ्गेलले अनुगमन टोलीसँग जेलर ढुंगेलले पछिल्लो समय कारागारलाई सुधार गृहका रूपमा विकास गर्न खोजिएको बताउनु भयो । पहिले भन्दा दोब्बर क‌ैदीबन्दी बस्न सक्ने गरि नयाँ कारागार बनाइएको ढुंगेलले बताउनु भयो । उहाँले क्षमताभन्दा बढी कैदीबन्दी राख्नु पर्ने, जनशक्ति र साधनस्रोतको कमी कारागारको आम समस्या रहेको बताउनु भयो । नयाँ कारागार भवनमा स्थानान्तरण भएपछि केही सहज भएपनि सबै समस्याको समाधान हुन नसकेको जेलर ढुंगेलले अनुगमन टोलीसँग बताउनु भयो । प्रदेश राजधानी र बढी क्षमताको भवन बनेपछि अन्य जिल्लाबाट स्थान्तरण हुने, थप उपचारका लागि प्रदेशका अन्य जिल्लाबाट विराटनगर ल्याइने गर्दा मोरगं कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी वा थुनुवामा राख्नु परेको गुनासो जेलर ढुंगेलले गर्नुभयो । कारागारको महिला सेलमा भदौ ११ गते मृतक राधिका मानसिक रोगी भएकै कारण घटना भएको र विराटनगरस्थित कारागार ल्याउँदा नै डिप्रेशनको विरामी भएको जेलर ढुंगेलले बताउनु भयो । घटनाको दिन राधिका विहान ३ पौने चार बजे शौचालय पसेको र साढे चार बजे शौचालय गएका अरु महिलाहरूले देखेपछि राधिका बाँचेकै हुन सक्छिन भन्ने आशामा पासो खोलेर हेरेको जेलर ढुंगेलले बताउनु
भयो । राधिकालाई देखेकाहरुले कारागार प्रशासनलाई पौने पाँच बजे घटनाबारे जानकारी दिएको जेलर ढुंगेलले अनुगमन टोली समक्ष बताउनु भयो । अनुगमन टोलीले घटनास्थल हेर्न खोज्दा निश्चित सरकारी निकायबाहेक अन्यलाई भित्र प्रवेश गर्न नमिल्ने भएको जेलर ढुंगेलले बताउनु भयो । कारागारका कैदीबन्दीहरूले नै पासो खोलेका कारण प्रहरीले उनीहरूलाई घटनाबारे सोधपुछ गरिरहेकोले उनीहरू डराएको अवस्था भएकाले पनि भित्र जान उपयुक्त अवस्था नभएको भनेपछि अनुगमन टोलीले कारागारको सुरक्षाककर्मी बस्ने बुर्जाबाट घटनास्थलको अवलोकन गरेको छ ।

आठ महिनामा आठको मृत्यु 

इन्सेकको अभिलेखका आधारमा ०८२ पुस २० गतेदेखि ०८२ भदौ १५ गतेसम्मको अवधिमा मोरङ्गमा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक जना र अरु सातको कारागारमा मृत्यु भएको इन्सेक अभिलेखमा देखिन्छ ।

इन्सेकको तथ्याङ्क अनुसार मोरङ्गमा आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका एक जना महिला र सात जना पुरूष गरी आठ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना र मोरङ्ग कारागारमा रहेका सात जनाको मृत्यु भएको छ । सबैभन्दा पछिल्लो मृत्यु मोरङ्ग कारागारको महिला सेलमा भएको छ ।

महिला सेलमा रहेको शौचालयमा पासो लगाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधिका भट्टराईले ०८२ भदौ ११ गते आत्महत्या गरेसँगै आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु भएको हो ।

मोरङ्ग कारागारमा वेलवारी नगरपालिका-४ का ६७ वर्षीय अम्बरबहादुर राईको ०८१ पुस २० गते मृत्यु भएको थियो । त्यसयता कारागारमा रहेका ६ जनाको मृत्यु भइसकेको छ । राज्यको सुरक्षा र नियन्त्रण घेरामा रहेकाहरुको नियमित जस्तो मृत्युले कारागार सुरक्षित भन्दा असुरक्षित हुँदै गएको छ ।

०८२ पुस २० गतेयता मोरङ्ग कारागारमा रहेका पथरीशनिश्चरे नगरपालिका-४ का ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको ०८१ फागुन २९ गते, उर्लावारी नगरपालिका-१ का ४३ वर्षीय मित्रकुमार दनुवारको ०८२ वैशाख १५ गते, रामेछापको दोरम्बाशैलुङ्ग गाउँपालिका-२ का ५४ वर्षीय प्रविण तामाङ्गको ०८२ वैशाख २९ गते, सुनवर्षी नगरपालिका-२ का २४ वर्षीय उमेश दर्जीको ०८२ असार १० गते, विराटनगर महानगरपालिका-५ का ४० वर्षीय सन्तोष पालको ०८२ असार २५ गते कारागारमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका झापाको दमक नगरपालिका-१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको ०८२ जेठ २० गते मृत्यु भएको छ ।

राज्यको नियन्त्रणमा रहेकाहरुको एकपछि अर्को मृत्यु हुँदै गएपछि इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिले भदौ १३ गते मोरङ कारागारको अनुगमन गरेका हुन् ।

इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखेरलको नेतृत्वमा बाल अधिकारकर्मी वासु अधिकारी, अधिकारकर्मी शोभा बजगाई, गीताञ्जली शर्मासहितको टोलीले जिल्ला कारागारका जेलर गौरवसँग कारागारको अवस्थाका बारेमा जानकारी लिएको छ ।

photo 20250829 morang 1

photo 20250829 morang

अन्य

भिडियो