१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पनौती नपा–९ स्थित ज्ञानज्योती एजुकेशनल एकेडमीका प्रिन्सिपल काठमाडौं महा नपा–२२ निवासी ६४ वर्षीय रमेशकुमार राजलवटलाई प्रहरीले ०८२ साउन १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ०८२ असार २८ गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपित राजलवटविरुद्ध पीडितकी आमाले साउन १२ गते इलाका प्रहरी कार्यालय धुलिखेलमा बाल यौन दुर्व्यवहार शीर्षकमा उजुरी दिइन् ।
बाढीपहिरोका समस्याका कारण असार ९ गतेदेखी विद्यालयको छात्राबासमा रहेकी बालिकालाई प्रिन्सिपल राजलवटले यौन दुर्व्यवहार गरेको आरोप छ ।
पीडितको स्वास्थ्य परीक्षण साउन १२ गते धुलिखेल अस्पतालमा गरियो । आरोपितलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रामेश्वर त्वातीले बताउनुभयो ।