बर्दियामा २ सय ४९ जना महिलाहरु घरेलु हिंसाबाट पीडित भएका छन् । घरायसी झै–झगडा, घरमा खानबस्न नदिएर, कुटपिट, नागरिकता र विवाह दर्र्ता नबनाइ दिएर महिलाहरु घरेलु हिंसाबाट पीडित भएको हुन् ।
जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा २ सय ४९ घरेलु हिंसाको उजुरी परेको थियो । जसमध्ये २ सय ३० उजुरीमा मेलमिलाप भएको छ भने बाँकी १९ ओटा उजुरीमा मेलमिलाप हुन बाँकी रहेको छ ।
प्रहरीमा आएका मध्ये घरायसी झै–झगडा १ सय ४७, घरमा खानबस्न नदिएको ५५, कुटपिट गरेको ४३, विवाह दर्ता र नागरिकता नबनाइ दिएको चार उजुरी रहेको जिल्ल प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर डम्बरपालले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जिल्ला प्रहरी कार्यालयमा २ सय २ उजुरी परेको थियो । जसमध्ये १ सय ८८ उजुरीमा मेलमिलाप भएको छ भने बाँकी १४ उजुरी सम्बन्धित निकायमा पठाइएको छ ।’