INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैंचा नगरपालिका-६ नमूना चोकका ३७ वर्षीय खगेन्द्र विकलाई साउन १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ साउन ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ९ गते इलाका प्रहरी कार्यालय, वेलवारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकी डिएसपी कोपिला चुडालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन ९ गते गरिएको छ ।

अन्य

भिडियो