झापाको भद्रपुर नगरपालिका-५ मा प्रहरीको गोली प्रहारबाट ३६ वर्षीय मोहम्मद इस्लाम घाइते भएका छन् ।
भारतको किशनगंज जिल्ला स्थायी घर भई भद्रपुर नगरपालिका-५ बाट लागु औषध कारोबारमा गरिरहेको अवस्थामा प्रहरीले साउन १० गते गोली प्रहार गर्दा गोडामा गोली लागेर इस्लाम घाइते भएको प्रहरीले जनाएको छ।
घाइते इस्लामलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो।
लागुऔषध नियन्त्रण व्यूरो काठमाण्डौँ र जिल्ला प्रहरी कार्यालय झापाले संयुक्त रूपमा ०८२ साउन १० गते चलाएको अभियानका क्रममा प्रहरीमाथि इस्लाम आइलागेपछि प्रहरीले गोली चलाएको डिएसपी खड्काको भनाइ छ।