उत्तर दक्षिण कोशी राजमार्ग अन्तरगतको सङ्खुवासभाको उत्तरी क्षेत्रभोट खोलागाउँपालिका जोड्ने वरूण नदीमा डाइभर्सनमा क्षति भएपछि दुई महिनायता एम्बुलेन्सलगायतका सवारी साधन सञ्चालन नहुँदा बिरामीलाई सास्ती भएको छ ।
भोटखोलागाउँपालिका-४ स्थित वरूण नदीको डाइभर्सनमा ०८२ जेठ ६ गतेको बाढीले क्षति पुर्याएपछि उत्तर दक्षिण कोशी राजमार्ग अन्तरगत खाँदबारी-किमाथाङ्का सडक खण्ड दुई महिनायता अवरूद्ध भएको छ ।
भोटखोला जोड्ने प्रमुख खाँदबारी-किमाथाङ्का सडक दुई महिनायता सञ्चालन नहुँदा भोटखोला क्षेत्रमा औषधि, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको समेत अभाव सिर्जना भएको छ ।
भोटखोला गाउँपालिका-४ स्थित वरूण नदीको डाइभर्सनमा क्षति पुुगेपछि भोटखोलाका विरामी र सर्वसाधरण मार्कामा परेको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताउनु भयो ।
वरूण नदीको डाइभर्सनमा क्षति पुगेपछि भोटखोला गाउँपालिका केन्द्रसँग दुई महिनायता सम्पर्क विच्छेद भएको छ ।
एम्बुलेन्स सञ्चालन नहुँदा बिरामीलाई उपचारको लागि सदरमुकाम खाँदबारी लैजान स्थानीयहरूले सास्ती खेप्नु परेको छ ।