INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिचान नभएको पक्षबाट विद्यालयको प्रशासन र पुस्तकालय कक्षमा तोडफोड

आठराई गाउँपालिका-४ ईवास्थित श्री प्रणामी माध्यमिक विद्यालयको प्रशासनिक कार्यालय र पुस्तकालयमा पहिचान नभएको समूहले साउन ८ गते राति तोडफोड गरेको विद्यालयले जनाएको छ ।

बर्खे बिदाको मौका छोपेर ०८२ साउन ८ गते राति पहिचान नभएको पक्षबाट विद्यालयको कार्यालय र पुस्तकालय कक्षमा तोडफोड भएको प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले बताउनु भयो । तोडफोडबाट तीन ओटा दराजमा क्षति पुगेको छ ।

दराज तोडफोड गर्नुका साथै दराजभित्र राखिएका अभिलेखलगायतका कागजात तथा शैक्षिक सामग्रीहरू छिन्नभिन्न पारिएको प्रधानाध्यापक बुढाथोकीले बताउनु भयो ।

घटनामा संलग्नको पहिचान गरी कारबाही गर्न विद्यालय प्रशासनले प्रहरीलाई जानकारी गराएको छ ।

photo 20250724 Terthum

अन्य

भिडियो