नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०८२ साउन ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ०८२ असार ३० गते आरोपित बालकले बलात्कार गरेको पीडितपक्षको आरोप छ ।
पीडितको तर्फबाट पीडितकी आमाले ०८२ साउन २ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका मुद्दा शाखा इन्चार्ज सइ रविन अधिकारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०८२ साउन २ गते प्राथमिक स्वास्य केन्द्र बाह्रविसेमा गरियो ।