INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–४ मौरनियाका ५० वर्षीय किसन चौधरीलाई ०८२ साउन ५ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २९ गते ललाइफकाइ बलात्कार गरेको जानकारी पाएपछि आरोपत विरुद्ध इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिएको पीडितका बुवाले बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी नविन बुढाथोकीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ५ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको छ ।

अन्य

भिडियो