३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौतारा सागाचोकगढी नगरपालिका— ६ का ३५ वर्षीय बिनय लामालाई आठ वर्षको कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायधीश भगवती शर्मा ढुङ्गानाको ०८२ साउन ५ गतेको इजलाशले आरोपितलाई कसुर ठहर गर्दै आठ वर्ष जेल सजाय र ३ लाख १० हजार जरिवाना गरेको हो ।
पीडितको घरमा बसेरे मादक पर्दाथ सेवन गरी ०७९ चैत २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले लामाविरुद्ध ०७९ चैत २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको उजुरीको आधारमा लामालाई प्रहरील े०७९ चैत २८ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको ०८० बैशाख १५ गते भएको निर्णयले लामालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो ।