INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनमा पीडित पक्ष र सेनाबीच तीन बुुँदे सहमति

रत्ननगर नगरपालिका–७ का नेचर गाइड गोविन्द राउतमाथि सैनिकद्वारा कुटपिट भएको घटनापछि उत्पन्न विवाद साम्य पार्न सौराहास्थित श्री नयाँ गोरख गण (क) गुल्मले राउतको सम्पूर्ण उपचार खर्च बेहोर्ने सहमति भएको छ ।

राउतले आफूलाई निकुन्जको सुरक्षार्थ घटिएकव् सैनिक टोलिले नियन्त्रणमा लिइ कुटपीट गरेको भन्दै इलाका प्रहरी कार्यालयमा सउन १ गते उजुरी दिएका थिए ।

पीडितको तर्फबाट प्राप्त उजुरीपछि जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका क्रममा पीडित पक्ष र सौरहास्थित नयाँ गोरखगणका सैनिक अधिकृतहरू लगायत साउन २ गतेको सर्वपक्षीय बैठकले तीन बुँदे सहमति गरेको हो ।

सहमतिमा उपचार खर्चका साथै कुटपिटमा संलग्न सैनिकहरूमाथि आवश्यक छानबिन जारी रहेको र छानबिनपश्चात सैनिक ऐनअनुसार विभागीय कारबाही गरिने सहमति भएको छ ।

बैठकमा सेना पक्षबाट श्री नयाँ गोरख गण (क) गुल्म सौराहाका निमित्त गुल्मपति  नेल्सन बस्नेत र चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टरका संरक्षण अधिकृत शान्तबहादुर मगरको सहभागिता थियो ।

पीडित पक्षबाट घाइते गोविन्द राउतकी दिदी कौशिला राउत, विपना राउत र रामगीता राउत सहभागी थिए । घाइते गोविन्द राउतको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अन्य

भिडियो