INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित सैनिकविरुद्ध उजुरी

रत्ननगर नगरपालिका–७ का ३० वर्षीय गोविन्द राउतले आफूलालाई निकुञ्ज संरक्षणमा खटिएको सेनाको टोलिले नियन्त्रणमा लिइ कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय टाँडीमा सउन १ गते उजुरी दिएका छन् ।

नेचर गाइडको रुपमा कार्यरत राउतलाई निकुञ्ज संरक्षणमा दुधौरा पोष्टबाट गस्तीमा गएका सैनिकको टोलीले निकुन्ज भित्रबाट नियन्त्रणमा लिइ कुटपिट गरेको आफन्तको आरोप छ ।

कुटपिटबाट घाइते भएका राउतको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले घटनाको विषयमा दुई पक्षसँग बुझ्ने र समन्वय गर्ने काम भइरहेको जानकारी दिए।

अन्य

भिडियो