INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चिसंखुगढी गाउँपालिका-५ का १७ वर्षीय बालकलाई गिरफ्तार गरेको छ।

पीडित युवतीलाई आरोपितले ०८२ असार ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि साउन १ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ३२ गते गरिएको छ ।

त्यसैगरी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चिसंखुगढी गाउँपालिका-४ का ३२ वर्षीय टंकबहादुर भुजेललाई असार २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८२ असार २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार २७ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २७ गते गरिएको छ ।

अन्य

भिडियो