INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय एक बालकलाई साउन २ गते गिरफ्तार गरेको छ।

पीडित बालिकालाई आरोपितले ०८२ साउन २ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी गरेको थियो।

पीडित पक्षको उजुरी आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी योगराज खतिवडाले बताउनु भयो।

संविधान सभा सदस्य, भोक्राहा नरसिंह गाउँपालिका-६ का सूर्यदेव दास उरावले चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालकविरूद्ध साउन २ गते प्रहरीमा उजुरी दिएको बताउनु भयो।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २ गते गरिएको छ।

अन्य

भिडियो