गन्यापधुरा गाउँपालिका–३ डिलकी ४० वर्षीया खिमादेवी भुलको हँसिया प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५४ वर्षीय पति करन भुललाई ०८२ साउन २ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका कारण पत्नीको हत्या गरेर फरार रहेका आरोपित भुललाई खोजी कार्यमा खटिएको प्रहरी टोलीले गन्यापधुरा गाउँपालिका–३ गोयलखेतबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका इन्स्पेक्टर डम्बरबहादुर विष्टले बताउनु भयो ।
मृतकका माइती पक्षहरु आउदै गरेका कारण शव घरमै राखिएको र माइती पक्षहरु आइपुगेपछि शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल, डडेल्धुरा पठाउने इन्स्पेक्टर विष्टले बताउनु भयो ।