१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका कसुरमा १७ वर्षीय बालक बिरुद्धको मुद्दा जिल्ला अदालतले ०८२ असार २९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश डा. प्रकाश उप्रेतीको एकल इजलाशले सो फैसला गरेको हो ।
आरोपितले बालिकालाई ०७९ चैत १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८० वैशाख ३ गते उजुरी दिएको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३ गते प्रादेशिक अस्पताल सिरहामा भएको थियो ।
आरोपितविरुद्ध ०८१ वैशाख ६ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए पनि आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।