लेटाङ नगरपालिका-२ की ७६ वर्षीया गंगामाया विश्वकर्मामाथि असार १४ गते साङ्गघातिक हमला घटनाका दोषीलाई कारबाही गर्न मुक्ति समाज नेपाल, कोशी प्रदेश कमिटीले माग गरेको छ ।
लेटाङ नगरपालिकाकी न्यायिक समिति सदस्य ४६ वर्षीया विश्वकर्मामाथि आपसी विवादका क्रममा सोही ठाउँका ४६ वर्षीय अग्नि नेपाल ०८२ असार १४ गते रड प्रहार गरी हत्या प्रयास गरेको भन्दै मुक्ति समाजले विज्ञप्तिमार्फत दोषीलाई कारबाही गर्न माग गरेको छ ।

मुक्ति समाज नेपाल, कोशी प्रदेश कमिटि अध्यक्ष उमेश विश्वकर्मा र सचिव कृष्ण रूचालद्वारा ०८२ असार ३२ गते संयुक्त विज्ञप्ति जारी गरी घटनाका दोषीलाई कारबाहीको माग गरेको छ ।
मुक्ति समाज नेपाल, कोशी प्रदेश कमिटीको विज्ञप्तिमा घटनाको घोर भत्सना गर्दै दलित समुदायमाथि हुने विभेद, दमन र अत्याचारपूर्ण हिंसाको पराकाष्ठा भनिएको छ ।
उपचारमा ढिलासुस्ती र कानुनी प्रक्रिया अगाडि नबढे मुक्ति समाज नेपाल र सिंगो दलित समुदाय कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ । जिल्ला प्रहरी कार्यालयकी डीएसपी कोपिला चुँडालले घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा चलाउन अनुसन्धान थालिएको बताउनु भयो ।
पीडितमाथि आरोपितले ०८२ असार १४ गते घरमै गएर रड प्रहार गरी हत्या प्रयास गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिएसपी चुडाँलले बताउनु भयो ।
घटनाका आरोपितलाई प्रहरीले घटना भएकै दिन असार १४ गते गिरफ्तार गरेको थियो ।
रड प्रहारबाट घाइते गङ्गामायाको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।