INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा धनुषा जिल्ला सबैला नगरपालिका–४ का २१ वर्षीय सुनिल भन्ने रविशंकर यादवलाई जिल्ला अदालत सिरहाले ०८२ असार २९ गते १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश नारायण रिमालको एकल इजलाशले आोपितलाई १० वर्ष कैद, १ लाख रुपियाँ जरिबाना र १ लाख रुपियाँ क्षतिपूर्ती दिनु पर्ने समेतको फैसला गरेको हो ।

घटनामा संलग्न रहेको भन्दै सोही ठाउँका २३ वर्षीय पुरुषोत्तम यादव र ४० वर्षीय सत्यनारायण यादवविरुद्ध अपहरण गरी ०७८ फागुन १४ गते बलात्कार गरेको आरोपमा आरोपितहरुविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय मिर्चैयामा असार १७ गते उजुरी दिएकी थिइन ।

बालिकाको स्वास्थ्य परीक्षण असार १७ गते जिल्ला अस्पताल सिरहामा भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितहरुलाई ०७९ भदौ १३ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतले मुख्य आरोपित रविशंकरलाई ०७९ भदौ २२ गते पुर्पक्षका लागि थुनामा पठाउने र अन्य आरोपितहरुलाई साधारण तारिखमा रिहा गर्ने आदेश गरेको थियो ।

अन्य

भिडियो